National life

सूचना, सञ्चार क्षेत्रको सुरक्षित र प्रभावकारी बनाउने सवालमा मन्त्रालय सजक रहने छ: गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
1.2kShares
सूचना, सञ्चार क्षेत्रको सुरक्षित र प्रभावकारी बनाउने सवालमा मन्त्रालय सजक रहने छ: गुरुङ
ncell

काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमवार पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनः संरचना गर्ने निर्णय गरेका छन्।

मन्त्री गुरुङले आफ्नो मन्त्रालय मातहतका कर्मचारीलाई प्रतिफल आउने गरी क्रियाशील हुन निर्देशन दिएका छन् । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाईँहरूको साथमा छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मेवारी निर्वाह गर्नुहोला”, गुरुङले भने

यस अगाडि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म काम गरिसकेका गुरुङ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव समेत हुन । विज्ञान विषयमा स्नातक गरेका मन्त्री गुरुङले पञ्चायत कालमै २०३४ सालदेखि राजनीति सुरु गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?