काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतका क्षेत्रमा पछिल्लो एक वर्षको उपलब्धि ८० वर्ष बराबरको भएको टिप्पणी गरेका छन्।
उनले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘बि.स १९६८ बाट फर्फिङ जलविद्युतबाट ५०० किलोवाट सुरु भएको थियो। त्यसपछिका १०८ वर्षमा जम्मा ८०० मेगावट मात्रै पुगेको थियो।
विगतको ७ वर्ष भित्र विद्युत उत्पादन २८९२ मेगावट पुग्यो।
उनले सिंगो देशमा विद्युतको पहुँच पुगेको बताए। दाहालले वर्षायाममा विद्युत आयात गर्नुपर्ने अवस्था रहेकामा अहिले निर्यात हुने बताए। उनले विगत १ वर्षमा ७०० मेगावाटसम्म विद्युत निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँबराबरको बिदेशी मुद्रा आर्जन गरिएको बताए जुन अघिल्लो वर्षभन्दा ३१.२८ प्रतिशतले बढी हो।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/12/pura-sambodan.pdf" title="pura sambodan"]

































