काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने गरेको बताएका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताउदै यस्तो बेतिथीको अन्त्य हुन आवश्यक रहेको बताँएका छन् । बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत ब्क्तिहरु पक्राउ परेपछि नेपाल उद्योग परिसंघले बक्तव्य वारी गर्दै विरोध गरेको छ ।
गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन नसकिने बताएका छन् ।
‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने बक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर ति¥या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’
निजी क्षेत्रको सहयोगबिना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको अर्थमन्त्रीले बताएका छन्। तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ छ। उनले भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ ।
गृहमन्त्री श्रेष्ठले अवान्चित हस्तक्षेपबाट भयवित नहुन आग्रह गरेका छन्। सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठको दाबी छ ।
‘आज हामी जुन अवस्थामा छौं, कुनै हालतमा यथास्थितिमा राख्न सकिन्नँ । यत्रो सम्भावना हुँदाहुँदै हामीले हाम्रो देश किन पछाडि प¥यो रु’ श्रेष्ठले भने, ‘आज ३० लाखभन्दा बढी नेपाली युवा अदक्ष मजदुरका रुपमा खाडी मुलुक र मलेसियामा छन् । यस्तो स्थिति किन उत्पन्न भइरह्यो रु आत्मसमीक्षा गर्नुपर्ने बेला छ ।’

































