National life

चाडपर्व लक्षित कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि शैय छैनः गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
765Shares
चाडपर्व लक्षित कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि शैय छैनः गृहमन्त्री लेखक
ncell

काठमाडौँ। चाडपर्व लक्षित कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणमा कडा रूपमा निगरानी बढाउन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

बिहीबार चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमन सम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन्। ‘कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोगी हुन सक्छौँ। चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्‍यो,’उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसपालिको चाडपर्वमा तीन र चार कुरामा परिणाम देखिने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन थियो। ‘कृत्रिम अभाव कुनै हालतमा पनि हुन भएन। कृत्रिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन। त्यसका लागि हेर्ने निकाय को हेर्नुपर्‍यो। त्यसमा गृह मन्त्रालयले पुरापुर सहयोग गर्छ,’ उनले भने।

दसैंतिहारका बेला एकै रातमा हुने मूल्यवृद्धिलाई सूक्ष्म ढंगले हेरेर नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिए। ‘मूल्यवृद्धिको उचित कारण हुनुपर्‍यो निरु उही सामान एक दिनअघि एउटा मूल्य छ, अर्को दिन अर्को मूल्य हुन्छ। यो कुरालाई सबैले गम्भीरताका साथ लिएर परिणाम आउने गरी काम गर्नुपर्‍यो,’ उनले भने, ‘गुणस्तरहीन खाद्यवस्तुको बिक्री चाडबाडमै गरिन्छ। गुणस्तरहीन वस्तु उपभोगक्ता कहाँ पुग्ने यही बेला हो। यसलाई कडाइका साथ हेर्न जरुरी छ।’

सरोकारवाला पक्षमा समन्वय हुँला परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मूल्यांकन हुने गृहमन्त्री लेखकले बताए। ‘गृह मन्त्रालय एकतिर, वाणिज्य मन्त्रालय एकातिर, अनुगमन एकातिर, गुणस्तर नाप जाँच एकातिर भयो भने राम्रो हुँदैन। एकीकृत रूपमा काम गर्नुपर्‍यो,’ उनले भने, ‘अहिले छलफल भएका विषयमा कसलाई कहाँनेर सहयोग चाहिन्छ। तम तयार भएर सहयोग दिनुहोस्। परिणाम आउनु गरी काम गर्नुहोस्। चाडपर्वपछि आजको छलफलमा भएका कुराको मूल्यांकनका लागि हामी फेरि बैठक बस्छौँ।’

छलफलमा गृह सचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको भन्दै बजार अनुगमनमा तीव्रता दिनुपर्ने बताए। उनले वाणिज्य विभागले सबै सहाय जिल्ला अधिकारीसँग जुम मिटिङ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए। यसपालि दसैंमा सुपथ पसल बढाइनेभन्दै कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने उनले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?