काठमाडौँ । गृहमन्त्री रमेश लेखकको बर्खास्तको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषयले हाल सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।अधिवक्ता मधु चौलागाईंले शुक्रवार सर्वोच्चमा रिट लगेका हुन् ।
रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्चको भनाई छ।
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको र भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ ।
उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।


































