National life

जनतामा देखिएको निराशा चिर्न नयाँ सत्ता समीकरण गरिएको हो: नेकपा  एमाले

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
678Shares
जनतामा देखिएको निराशा चिर्न नयाँ सत्ता समीकरण गरिएको हो: नेकपा  एमाले
ncell

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई सधैँ प्रयोगशाला बनाउने खेलको अन्त्य गर्दै जनतामा आशाको सञ्चार जागृत गर्नका लागि नयाँ सत्ता समीकरण गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा आफ्नो दलका तर्फबाट भाग लिँदै मुलुकमा ठुला दलको अग्रसरतामै गणतन्त्रको स्थापना र संविधान निर्माण भएको स्मरण गराउँदै जनता निराशामा रहेका बेला फेरि दुई ठुला दल मिलेर राष्ट्रिय विकास र सहमतिको यात्रा आरम्भ गरिएको जनाएका छन् ।

प्रधानमन्त्री दाहालको विश्वासको मतका विपक्षमा एमालेले मत दिने जनाउँदै उनले अब बलियो, प्रभावकारी सरकारमार्फत विकासको गतिलाई तीव्रता र अग्रगमनका लागि संविधान संशोधनका कार्यसूचीका आधारमा नयाँ बन्ने सरकारले काम गर्ने बताए ।

प्रधानमन्त्री दाहालले सदनमा प्रस्ताव प्रस्तुत गर्ने क्रममा आक्रोश र झुट व्यक्त गरेको आरोप लगाउँदै सांसद भट्टराईले जननेता मदनकुमार भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’को जगमा अहिलेको संविधान र सार्वभौम संसद् सञ्चालित भइरहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताए । उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समीक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताएका छन् । प्रचण्डबाट आफूहरूले संयमताको अपेक्षा गरेको बताउँदै गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?