National life

बेइमानी बदमासी नगरी भयरहित वातावरणमा काम गर्न कर्मचारीलाई मन्त्री शर्माको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
788Shares
बेइमानी बदमासी नगरी भयरहित वातावरणमा काम गर्न कर्मचारीलाई मन्त्री शर्माको निर्देशन
ncell

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कर्मचारीलाई कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताएका छन्।

‘‘विभिन्न नियमनकारी निकायले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नुपर्ने काममा पनि  डराउने गरेको देखिएको छ’, मन्त्री शर्माले भने, ‘तपाईँ कर्मचारीले नडराएर नबिराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ,  कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’

‘बेइमानी नगरौँ, बदमासी नगरौँ तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔँ’, मन्त्री शर्माले भने, ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्छु।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उहाँले डिजिटल नेपाल निर्माणको महत्त्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याउन अनिवार्य रहेको बताएका हुन् ।

‘‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्‍याउने भनेका छौँ तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो– ‘यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजना जति सक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु।’ मन्त्री शर्माले भनेका छन् ।

नेपाल टेलिकमका कर्मचारीले आफ्नो पेशागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको सुझाव थियो। आज दूरसञ्चार बजारमा पुराना सेवाहरूको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रुत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने मन्त्री शर्माले स्पष्ट पारे।

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?