National life

बैंकिङ कसूरजन्य कार्यलाई थप व्यवस्थित बनाउन आवश्यक छः अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
639Shares
बैंकिङ कसूरजन्य कार्यलाई थप व्यवस्थित बनाउन आवश्यक छः अर्थमन्त्री पौडेल
ncell

काठमाडौं । बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको अर्थमन्त्री विष्णु पौडेलको भनाई छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा अर्थमन्त्री पौडेलले बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुने कसूरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैंकिङ कसूर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको धारणा ब्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलले भने ‘बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसूरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो,

अर्थमन्त्री पौडेलले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको बताए।

‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैंकिङ कारोबार बार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको गरिएको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?