National life

भूमिको समस्या समाधान गर्न आजै भूमि सम्बन्धी अध्यादेश जारी हुन्छ : प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
727Shares
भूमिको समस्या समाधान गर्न आजै भूमि सम्बन्धी अध्यादेश जारी हुन्छ : प्रधानमन्त्री ओली
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आजै जारी गर्ने तयारी रहेको बताएका छन् । आज बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने तर्फ सरकार उन्मुख रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरूले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने रु भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताए ।

उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताए । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मतलब नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी जनता र देशका लागि, विकासका लागि केही गरौँ भन्ने इच्छाशक्ति सरकारमा कम हुनाले नै यस्तो भएको हो । त्यस इच्छा शक्तिले व्यवस्थापन पक्षलाई सही ढंगले चुस्त, दुरुस्त बनाउने र देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने ? त्यस दिशामा सरकारले सोच्नुपर्छ । त्यस कुरालाई नै हृदयंगम गरेर हामीले अहिले यी केही अध्यादेशहरू आएका छन् ।

केही मान्छे मात्रै हुँदा रहेछन्, जो आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन, जति बेला पनि अन्टसन्ट बोलिरहने। राम्रो काम गरे पनि केही छैन, उस्तै हो । नराम्रो काम गरे पनि उस्तै हो । तिनलाई बोल्नु छ, तिनलाई विरोध गर्नु छ । तिनलाई आफ्नो पिठो बिकाउनु छ, त्यसका लागि हल्ला गर्ने । तर आम मानिसहरूको चाहना विकास, सुशासन हुन्छ । हामीले अहिले गरेका प्रयासहरू सुशासनसँग सम्बन्धित छन् । विकाससँग सम्बन्धित छन् ओलीले भने

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?