National life

मैले पत्याएकै थिइनँ रवि जी सहकारीमा दोषी हुनुहुन्छ भनेर, अहिले प्रमाणित भयो: देउवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
627Shares
मैले पत्याएकै थिइनँ रवि जी सहकारीमा दोषी हुनुहुन्छ भनेर, अहिले प्रमाणित भयो: देउवा
ncell

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको दाबी गरेका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले सहकारी रकम अपचलनको विषयमा कांग्रेस पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरू प्रमाणित भएको दाबी गरेका छन् ।

कांग्रेस सभापति देउवाले संसदीय छानबिन विशेष समिति गठन गर्दा रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई त्यति विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद समेत ज्ञापन गरेका छन् ।

रवि लामिछाने चलाख मान्छे भएको सम्झना गर्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही भएको दाबी गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगन कुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछाने जी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईँले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईँलाई । जिल्लामा राम्रो संगठन बिस्तार गरौँ । झगडा नगरौँ, मिलाउनेतिर लागौँ’, देउवाले भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?