National life

रवि लक्षित सूर्य थापाको प्रश्न 'सहकारीको रकम खाएपछि ठगीमा संलग्न हो कि उन्मुक्ति'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
1.4kShares
रवि लक्षित सूर्य थापाको प्रश्न 'सहकारीको रकम खाएपछि ठगीमा संलग्न हो कि उन्मुक्ति'
ncell

काठमाडौँ । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको बचत अपचलनका विषयमा उन्मुक्ति नपाउने धारणा राखेका छन्।

नेकपा (एमाले) का सांसदसमेत रहेका थापाले गोर्खा मिडियाका मालिकले मैले जान्दिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति नमिल्ने टिप्पणी गरेका छन् । ‘सहकारीको रकम एक पैसा पनि लिन नपाइने ठाउँमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउने, रजगज गर्ने, मासिक पाँच लाख तलब लिने, ७५ लाख सेयर हाल्ने, फेरि एक करोड ८० लाख सेयर हाल्ने यो सबै कुरा कसले गरेको ? थापाले आक्रोशित भावमा प्रश्न गरेका छन् ।

थापाले आफ्नो भनाइमा थप स्पष्ट पार्दै भने, ‘१५ प्रतिशत सेयरको मालिक र प्रबन्ध निर्देशक नभएको भए रवि लामिछानेले पनि विपिनकुमार आचार्यले जस्तो उन्मुक्ति पाउनुहुन्थ्यो।’लामिछानेप्रति लक्ष्य गर्दै थापाले सहकारीको रकम ल्याएर खाएको आरोप लगाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सहकारीको रकम ल्याएर खाएपछि ठगीमा संलग्न हो कि उन्मुक्ति हो ? ’ उनले प्रश्न गरे, ‘खाएको त हो नि त, हजम गरेको।’ गोर्खा मिडिया अन्तर्गत ग्यालेक्सी टिभीबाट पारिश्रमिक लिएको हिसाबले कसैलाई कारबाही सिफारिस नगरिएको पनि थापाले बताए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?