National life

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्नेछः श्रममन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
772Shares
रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्नेछः श्रममन्त्री
ncell

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन्।

लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा्लय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ ९सिएनआई० को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा आज देखि मेलाको शुरुवात गरिएको छ।

बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् । “यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,” उनले भने ।

‘ रोजगारदाताले आफूले चाहेजस्तो दक्ष जनशक्ति नपाएको र श्रमिकले आफूले चाहेजस्तो रोजगारी नपाएकाले अवस्थालाई अन्त्य गर्न यो मेलालाई शुभ संकेत दिन्छ । रोजगार दिने र रोजगारी चाहने दुबैको मिलन गराएर स्वदेशमै केही गर्ने वातावरण र्सिजना गर्न सहयोग पुग्नेछ,” उनले भने ।

लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसीसी) भएको छ । मेला जेठ २३ गते र २४ गते दुई दिनसम्म चल्नेछ । मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमामाग सङ्कलन गर्न सहयोग पुग्ने बताइएको छ । मेलामा सहभागिताका लागि ४१ स्टल राखिएका छन । यही १७ गते कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला वागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
772SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?