National life

व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा करारका कर्मचारी नहटाउनू : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
806Shares
व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा करारका कर्मचारी नहटाउनू : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौं । हचुवाका भरमा करारका कर्मचारी नहटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले आफूसमक्ष पेश गरेको टिप्पणीलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएको सतर्कता केन्द्रले मंगलवार जारी विज्ञप्तिमा जनाएको छ।

व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा सेवा कराररअस्थायी सेवामा कार्यरत कर्मचारीलाई हटाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने मागलाई प्रधानमन्त्रीले सम्बोधन गरेको सतर्कता केन्द्रले विज्ञप्तिमा उल्लेख गरेको छ । साथै सर्तकता केन्द्रले प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न तीन तहका सरकारलाई अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘२०७८ प्रतिकुल हुने गरी निजबाट कामकाज भएमा वा अन्य प्रचलित कानूनमा व्यवस्था भएमा बाहेक व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि कराररअस्थायी कर्मचारीलाई सेवाबाट हटाउने कार्य नगर्नरनगराउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयहरूलाई लेखी पठाउन राष्ट्रिय सतर्कता केन्द्र ९कार्य सञ्चालन० नियमावली, २०६५ को नियम ७ ९३० बमोजिम तहाँ मन्त्रालयलाई निर्देशन दिने भनी मिति माघ २९ को निर्णय ९ सम्माननीय प्रधानमन्त्रीस्तर० भएकोले सोही बमोजिम कार्यान्वयनको लागि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
806SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?