National life

शपथ ग्रहण गर्दै ढकालले भने-बैंकलाई थप सबल र उत्कृष्ट बनाउन प्रतिबद्ध रहने छु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
888Shares
शपथ ग्रहण गर्दै ढकालले भने-बैंकलाई थप सबल र उत्कृष्ट बनाउन प्रतिबद्ध रहने छु
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा चन्द्र ढकाल सर्वसम्मत निर्वाचित भएका थिए।

उनै ढकालले सपथ लिएका छन् सपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंक बनेको स्मरण गरेका छन्् ।

उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभएर एक सबल र सक्षम बैंक बन्न सफल भएको उल्लेख गरे। ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ढकालले बैंकका नवनिर्वाचित सञ्चालकहरुलाई आइतबार नै शपथ गराएका छन्।संस्थापकबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त चयन भएका थिए भने सर्वसाधारण शेयरधनीबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए।

सपथ कार्यक्रममा डेपुटी गभर्नरद्वय डा.निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?