National life

सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाती पिटिपिटी रोएका छन् : प्रधानमन्त्री ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
823Shares
सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाती पिटिपिटी रोएका छन् : प्रधानमन्त्री ओली
ncell

काठमाडौँ।  कुलमानलाई बर्खास्त गरेको विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको टिप्पणीको प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केही मान्छे छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् । बुधवार युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्रीले जवाफ दिइसकेको र सरकारले एउटा कर्मचारीलाई हटाएर अर्कोलाई नियुक्त गरेको बताए ।

बुधवारको प्रतिनिधि सभा बैठक बाहिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले कुलमान हटाएको विषयमा स्पष्ट जवाफ नदिए संसद् चल्न नदिने चेतावनी दिएपछि ओलीको उक्त भनाइको खण्डन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सकियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’ प्रधानमन्त्री ओलीले भने

विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभाबी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ। न आत्तिन्छौँ । धैर्यपूर्वक अगाडि बढ्छौँ ।’

ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाबिला गरेर पनि सक्षमता देखाउनुपर्ने बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख

छुटाउनुभयो कि ?