National life

सरकारले दिएको म्यादभित्रै दर्ता नगरेमा फेसबुक, इन्स्टाग्राम तत्काल बन्द गर्छौ: मन्त्री गुरुङ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
1.3kShares
सरकारले दिएको म्यादभित्रै दर्ता नगरेमा फेसबुक, इन्स्टाग्राम तत्काल बन्द गर्छौ: मन्त्री गुरुङ
ncell

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा दर्ता भएसँगै उत्साहित बनेको नेपाल सरकारले यस अगाडि उल्लेख गरेको समयमा फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता नगरेमा बन्द गर्ने चेतावनी दिएको छ ।

आज काठमाडौँमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएका हुन् ।

मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नगरे प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । सञ्चार मन्त्रालयले  यस अगाडि चैत ७ गते एक सूचना प्रकाशन गर्दै एक महिनाभित्र फेसबुक दर्ता गर्न आह्वान गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे। साथै, सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभए नियमन गर्नका लागि ल्याइएको मन्त्री गुरुङले धारणा राखेका छन् ।

हाल दर्तासहित सम्पर्क बिन्दु तोकेको सामाजिक सञ्जाल टिकटक मात्रै छ। अब अरू सामाजिक सञ्जालका लागि पनि टिकटक जस्तै व्यवस्था रहेको छ। त्यसैले छिटोभन्दा छिटो दर्ता गर्ने भनेको हौँ। अब पनि नआए सिधै बन्द गरिनेछ। मन्त्री गुरुङले भने

मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको समेत बताएका छन् । यस्तै, सामाजिक सञ्जालमा जथाभाबी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको धारणा व्यक्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?