National life

सहकारी र लघुवित्तमा देखिएको समस्या चाँडै पाखा लगाउँछौ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
596Shares
सहकारी र लघुवित्तमा देखिएको समस्या चाँडै पाखा लगाउँछौ : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्यालाई चाडै नै पाखा लगाउनेगरी सरकारले आवश्यक पहल गरिरहेको बताएका छन।

लघुवित्त तथा सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री दाहालले भने, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानका पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। छलफलमा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधान गर्दै समस्यामुक्त बनाउन आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?