काठमाडौँ। पछिल्लो समय विभिन्न सहकारीमा भएको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको छ।
नयाँ बानेश्वरमा आज बसेको समितिको बैठकले कार्यविधि अनुसार कार्यसूची तय गरेको हो । पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको सभापति सूर्य थापाको भनाई छ ।
‘समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको छ ।
त्यस आधारमा अरू तथ्य सूचना प्राप्त गर्नेछौँ । प्रादेशिक सहकारी निकाय र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरू सङ्कलन गर्ने कार्यसूची तय गरेर आजको बैठक सम्पन्न भएको छ’, थापाले भने ।
बैठकमा समितिका सदस्यहरू बाहेक यसको कार्यादेश टिओआरमा हस्ताक्षर गरेका माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सहमहामन्त्री जीवन परियार, कांग्रेसकै प्रमुख सचेतक रमेश लेखक लगायतको सहभागी रहेको थापाको भर्ना छ ।


































