National life
cg eloctronics

सहकारी सम्बन्धित विषय र रवि जी को विषयलाई अलगै अध्ययन गर्न सकिन्छ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
1.2kShares
सहकारी सम्बन्धित विषय र रवि जी को विषयलाई अलगै अध्ययन गर्न सकिन्छ: प्रधानमन्त्री
muktinatha bikash bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको अवरोध चाडै अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको जानकारी दिएका छन्।

(आज) बिहीबार बिहान विराटनगरमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान खोज्न सकिने समेत उल्लेख गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ,त्यो मिल्ने कुरो छैन’, मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए। उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ।’ प्रधानमन्त्री प्रचण्डले भने' ।

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ,’ प्रचण्डले भने।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?