National life

घुससहित ३ कर्मचारी पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
508Shares
घुससहित ३ कर्मचारी पक्राउ
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?