National life

जुवाखालमा प्रहरीकाे अप्रेसन, साँढे चार लाख सहित २२ जुवाडे पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
570Shares
जुवाखालमा प्रहरीकाे अप्रेसन, साँढे चार लाख सहित २२ जुवाडे पक्राउ
ncell

लमजुङ । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ ।

बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साँढे ४ लाख रुपैयाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले बतायो।

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेका बताए ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?