National life

ट्राभल कम्पनीहरू नै ह्याकरको कब्जामा,करोडौं रुपैयाँ नोक्सानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
621Shares
ट्राभल कम्पनीहरू नै ह्याकरको कब्जामा,करोडौं रुपैयाँ नोक्सानी
ncell

काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तरराष्ट्रिय उडानको टिकट विक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।

विदेशी ह्याकरको समूहले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको टिकट विक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जीडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट विक्री गरेर नोक्सानी पुर्‍याएका हुन् ।

नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभललगायत रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिन्छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का अध्यक्ष रमेश थापाले जीडीएस कम्पनीका नाममा नेपालका ट्राभल कम्पनीलाई मेल पठाएर विदेशी ह्याकरले रातारात विदेशबाट टिकट काटेको बताए । “ह्याकरले जीडीएसको लोगो राखेर मेल पठाएर टिकट विक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्”, उनले भने ।

ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताए । पीडित ट्राभल कम्पनीले भने साइबर ब्यूरोमा मुद्दा हालिसकेका छन् । नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जीडीएस सेवा प्रदान गर्दै आइरहेका छन् ।

नेपालका ट्राभल कम्पनीलाई जीडीएस सेवा प्रदान गर्दै आइरहेको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले विदेशी ह्याकरले नेपालमा सेवा दिँदै आएका जीडीएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताइन् ।

उनले जीडीएस कम्पनीमार्फत आएका मेललाई ट्राभल कम्पनीले पासवर्ड र युजरनेम शेयर गर्नुअगाडि त्यो इमेल आधिकारीक निकायबाट आएको हो की होइन भन्ने निश्चित गरेरमात्र शेयर गर्न आग्रह गरिन् ।

उक्त घटनापछि सेवरले आफ्नो सेवा प्रयोगकर्ता ट्राभल कम्पनीको हितलाई ध्यानमा राखेर आफ्नो ‘सेक्युरेटी फिचर’लाई अझै बलियो र परिस्कृत बनाएको महाप्रबन्धक बुढाथोकीले बताइन् । रासस

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?