National life

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षक अख्तियारकाे फन्दामा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
545Shares
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षक अख्तियारकाे फन्दामा
ncell

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्दा दायर गरेको हाे ।

मोरङको शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरका शिक्षक रामचन्द्र मण्डलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

सहायक प्रवक्ता थपलियाका अनुसार मण्डलले विद्यालयमा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी आयोगमा परेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अनुसन्धानको क्रममा मण्डलले भारतबाट बीएस्सी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षक नियुक्ति भई लाभ लिएको पुष्टि भएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?