काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करीमा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हाे ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।
सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।
तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।































