National life

कस्तो रहला त दशैमा मौसम: कुनकुन ठाउँमा छ वर्षाको सम्भावना?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असोज २०८१, बिहिबार
1.3kShares
कस्तो रहला त दशैमा मौसम: कुनकुन ठाउँमा छ वर्षाको सम्भावना?
ncell

काठमाडौं । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ ।

कोशी प्रदेशका थोरै ठाउँ तथा बागमती र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य बाँकी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज देशका अरू ठाउँको मौसम सफा रहने अनुमान छ ।

दशैका मुख्य तीन दिन आज, भोलि र पर्सि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने पूर्वानुमान छ ।

त्यस्तै अबका तीन दिन अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?