National life

मनसुन सुरु भएको ४२ दिनभित्र विपत्तिमा परेर एक सय २८ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
700Shares
मनसुन सुरु भएको ४२ दिनभित्र विपत्तिमा परेर एक सय २८ जनाको मृत्यु
ncell

काठमाडौं । यो वर्षको मनसुन सरुभएदेखि हालसम्मको अवधिमा देशभर विपत्तिमा परेर मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि शनिवारसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ ।

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?