National life
cg eloctronics

घर जग्गा व्यवसायी निरास ,फागुन महिनामा ४९ हजार घरजग्गा मात्र किनबेच

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
1.8kShares
घर जग्गा व्यवसायी निरास ,फागुन महिनामा ४९ हजार घरजग्गा मात्र किनबेच
muktinatha bikash bank

काठमाडौं। घर जग्गा व्यवसायमा आर्थिक मन्दीको प्रभाव झैँ न्यून हुन नसकेको तथ्याङ्कले देखाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार फागुन महिनामा ४९ हजार २८७ वटा घरजग्गा किनबेच भएको छ । सो अवधिमा ३६ हजार ७५१ वटा घरजग्गा रोक्का भएको छ भने २९ हजार १४१ वटा घरजग्गा फुकुवा गरेका छन् ।जुन गत वर्षको फागुन महिनाको तुलनामा भन्दा कमी हो। गत फागुनमा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९२१ वटा घरजग्गाको किनबेच भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

फागुन महिनामा ४९ हजार घरजग्गा किनबेच हुँदा ४ अर्ब राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखको तथ्याङ्क अनुसार फागुनमा देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । देशभरका मालपोत कार्यालयबाट सेवा करवापत २५ करोड ६६ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, पूँजीगत लाभकरवापत १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन गरेको छ । माघ महिनामा देशभर ५० हजार ९२१ घरजग्गाको कारोबार भएकोमा फागुनमा भने घरजग्गा कारोवार घटेको छ। राजस्व संकलनमा भने फागुन महिनामा वृद्धि भएको छ। माघ महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैंयाँ राजस्व प्राप्त गरेको थियो ।

everest bank

https://aarthikvoice.com/archives/27722

फागुन महिनामा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ६ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, जनकपुरधामबाट १९ सय ९७ वटा, भद्रपुर झापाबाट १८ सय ५० वटा, बेबारी मोरङबाट १६ सय ४३ वटा, राजविराज सप्तरीबाट १३ सय ६५ वटा, जलेश्वर महोत्तरीबाट १२ सय ८४ वटा र मलंगवा सर्लाहीबाट ११ सय १४ वटा घरजग्गा किनबेच भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?