काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको घरजग्गा खरिद(बिक्रीमा कडाइ गर्ने नीति तयार गर्ने भएको छ। प्राधिकरणले बीमा कम्पनीहरूको घरजग्गा कारोबारलाई कडाइ गर्न नयाँ मापदण्डबीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१ को मस्यौदामा नयाँ मापदण्ड निर्धारण गर्ने जनाएको छ ।
प्राधिकरणले ‘बीमक स्थिर सम्पत्ति सम्बन्धी निर्देशन, २०८१’ को मस्यौदा तयार गरेको छ । कम्पनीहरूको स्थिर सम्पत्ति खरिदबिक्री, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन उक्त मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ।
तर, घरजग्गा बाहेकका अन्य स्थिर सम्पत्ति खरिद, निर्माण गर्दा भने स्वीकृति लिन नपर्ने प्राधिकरणले उल्लेख गरेको छ । त्यसका साथै, घरजग्गा खरिद गर्दा प्रयोजन भने खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ । बीमा कम्पनीले घरजग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा कुन प्रयोजनका लागि हो त्यो स्पष्ट खुलाउनुपर्ने उल्लेख गरेको छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/12/insurance.pdf"]






































