National life

अपी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
546Shares
अपी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडाैं । अपी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज (असार २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

आजसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् । कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

Royal Enfield
nic asia capital

नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्तापुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो ।

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?