National life

इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डको हकप्रद शेयर आउँदै, कहिलेदेखि दिने आवेदन?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
351Shares
इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डको हकप्रद शेयर आउँदै, कहिलेदेखि दिने आवेदन?
ncell

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले आफ्ना संस्थापक शेयरधनीका लागि ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

शुक्रबार सम्पन्न विशेष साधारणसभाबाट पारित निर्णयअनुसार असोज ३० गतेसम्म कम्पनीको शेयरधनी दर्ता किताबमा कायम रहेका संस्थापक शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीको ३३.३३ प्रतिशत अर्थात् ३ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागिएको हो। हकप्रद शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

Royal Enfield
nic asia capital

यसअनुसार संस्थापक शेयरधनीले आफूले हाल धारण गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार हकप्रद शेयरका लागि कात्तिक २ गतेदेखि आवेदन खुला हुनेछ। आवेदन दिने अन्तिम मिति कात्तिक १४ गते तोकिएको छ। तोकिएको मितिभित्र कार्यालय समयसम्म आवेदन दिन सकिनेछ।

निर्धारित अवधिमा संस्थापक शेयरधनीबाट आवेदन नपरेर बाँकी रहेको हकप्रद शेयर भने कम्पनीको नियमावलीअनुसार सञ्चालक समितिले तोकेको प्रक्रिया र शर्तबमोजिम बोलकबोल, पुनः बाँडफाँट वा अन्य माध्यमबाट बिक्री गर्न सकिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
351SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?