National life

माया खोला हाइड्रोपावरले १ अर्बको हकप्रद सेयर निष्कासन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
1KShares
माया खोला हाइड्रोपावरले १ अर्बको हकप्रद सेयर निष्कासन गर्ने
ncell

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई लक्षित गर्दै १ अर्ब रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट आवश्यक पूर्वस्वीकृतिसमेत प्राप्त गरेको छ।

कम्पनीको नवौँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयका आधारमा कम्पनीले विद्युत नियमन आयोगसमक्ष पूर्वस्वीकृतिका लागि आवेदन दिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगले २०८३ भदौ १७ गतेको पत्रमार्फत कम्पनीलाई हाल कायम १ अर्ब रुपैयाँ चुक्तापूँजीको १ः१ अनुपातमा थप १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ।

स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

यसअनुसार कम्पनीका विद्यमान सेयरधनीले आफूले कायम राखेको सेयर संख्याको बराबर अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर खरिद गर्न पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?