National life

सिनर्जी पावरको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
564Shares
सिनर्जी पावरको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने
ncell

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । भदौ ३ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताहरुले अब भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ कित्ता सेयर बराबर १ कित्ताको अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँको हकप्रद बिक्री गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्री गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल र सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?