काठमाडौँ । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोब्बर बोनस डेटा पाइने भएको छ ।
एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सकिने छ।
कम्पनीले मङ्गलवार देखी लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदैं आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ । उक्त अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १ हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्नेछन् ।
यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुनेछ । बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहने कम्पनीको जानकारी छ ।
एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले जनाएको छ । यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना गत मङ्सिर २५ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।


































