National life

गरिब विद्यार्थीका लागि कामना बैंकको सहयोग, १३८ जनालाई शैक्षिक सामग्री

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.6kShares
गरिब विद्यार्थीका लागि कामना बैंकको सहयोग, १३८ जनालाई शैक्षिक सामग्री
ncell

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

बैंकको सर्दी शाखामार्फत गरिएको कार्यक्रममा नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सिन्जलीलाई सामग्री हस्तान्तरण गरेका थिए।

विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीलाई विभिन्न प्रकारका स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वितरित सामग्रीमा वर्णमाला, अंक, एबीसीडी लगायतका चार्ट, हप्ता र महिनासम्बन्धी चार्ट, कापी, पेन्सिल, पेन्सिल कलर, खेलमुखी सिकाइ सामग्री तथा नर्सरी तहका शैक्षिक उपकरणहरू समावेश छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको सिकाइलाई सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने बताए।

बैंकका क्षेत्र प्रमुख भण्डारीले यस्ता सहयोगले विद्यार्थीमा अध्ययनप्रति रुचि र प्रेरणा बढाउने विश्वास व्यक्त गरे। कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?