National life

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, यस्ता छन् अन्य अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
906Shares
जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, यस्ता छन् अन्य अफर
ncell

काठमाडाैं । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन छ त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ ।

चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो ।

कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले चन्द्रागिरी केवलकारको टिकट निःशुल्क गरिदिएको छ ।

यस्तै, अतिरिक्त अफरहरु समेत घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअन्तर्गत जन्मदिन मनाउन चन्द्रागिरी पुग्ने व्यक्तिलाई स्वीङ र जीपलाइन खेल्दा ५० प्रतिशत छुट हुनेछ ।

चन्द्रागिरी पछिल्लो समय काठमाण्डौ र आसपासका बासिन्दाका लागि राम्रो पर्यटकीय गन्तव्य बनेको छ । केवलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न चाहने, विभिन्न खेलहरुको मज्जा लिन चाहने तथा सपरिवार स्तरीय रिसोर्टमा बसेर प्राकृतिक आनन्द लिन चाहनेहरुका लागि यो गन्तव्य चर्चित बनिरहेको छ ।

चन्द्रागिरी हिल्स लिमीटेड सेयर बजारमा समेत सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो बजार मूल्य हाल प्रतिकित्ता १२३५ रुपैयाँ रहेको छ ।

पर्यटकीय चहलपहल बढेसँगै यो कम्पनीको पछिल्लो समयको वित्तीय अवस्थामा समेत सुधार हुँदै गएको छ ।

यो समाचार शेयर गर्नुहोस्
906SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?