National life

नयाँ वर्षमा सामसङको अफरः नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार”

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
924Shares
नयाँ वर्षमा सामसङको अफरः नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार”
ncell

काठमाडौं । नेपालमा नयाँ वर्ष वि.सं. २०८२ को आगमनसँगै, सामसङ नेपालले “नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार” अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा सहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ। तपाईँको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्, तपाईँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्ने कम्पनीको भनाइृ छ ।

यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च UA65DU7700RSHE, ६५ इन्च , ८५ इन्च UA85BU8000RXHE वा ८५ इन्च UA85BU8000RXHE मोडेलका युएचडी टिभीको खरिद गर्दा रु. ८,००० सम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ ।

त्यसै गरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ । साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा तपाईँको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् । निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर / www.arkostore.com बाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा रु ८,००० सम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ।

आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सक्छन् । ग्राहकहरूले https://www.samsungplaza.com.np/ मा गएर अनलाइन मार्फत पनि यी सबै अफरहरूको फाइदा उठाउन सक्नेछन् ।

सामसङ इलेक्ट्रोनिक्स को.ली, को बारेमा

सामसङले परिवर्तनकारी सोचहरू र प्रविधिहरूका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनः परिभाषित गर्दैछ । सामसङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरू तपाईँले  https://news.samsung.com/in/ को सामसङ समाचार कक्षबाट प्राप्त गर्न सक्नु हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?