National life

भरतमोहन स्मृति फाउन्डेशनको सहयोगमा कंकाली माध्यमिकमा सीप विकास प्रशिक्षण सुरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
641Shares
भरतमोहन स्मृति फाउन्डेशनको सहयोगमा कंकाली माध्यमिकमा सीप विकास प्रशिक्षण सुरू
ncell

काठमाडौं । भरतमोहन स्मृति फाउन्डेशनले काठमाडौंस्थित कंकाली माध्यमिक विद्यालयमा सीप विकास प्रशिक्षण कार्यक्रम सुरू गरेको छ। फाउन्डेशनले पाँचौ स्मृति दिवसका अवसरमा शुक्रबार विद्यालयमा औपचारिक कार्यक्रम गरी उक्त प्रशिक्षण कार्यक्रम सुरू गरेको हो।

फाउन्डेशनले चार वर्षदेखि आर्थिक, सामाजिक तथा विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ। यसपालिबाट सीप विकासमा विद्यालयसँग सहकार्य गर्न लागेको फाउन्डेशनकी संस्थापक लिमा अधिकारीले बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछिल्लो समय युवा तथा विद्यार्थीहरू कामको खोजीमा विभिन्न मुलुकका गन्तव्य खोजिरहँदा यो कार्यक्रमले स्वदेशमै रोजगार बनाउन सक्ने उनको विश्वास छ।

हरेक दिन युवाहरू कामको खोजीमा हिडिरहनु भएको छ। यसलाई रोक्नका लागि पनि विद्यालय स्तरमा नै सीप विकास सम्बन्धी तालिम आवश्यक छ,ुकार्यक्रममा बोल्दै संस्थापक अधिकारीले भनिन्, ‘यही महशुसपछि फाउन्डेशनले पहिलो पटक यस विद्यालयमा यो प्रशिक्षण दिन लागेको हो।’

उनका अनुसार सीप विकास प्रशिक्षणमा विभिन्न क्षेत्रका अनुभवी तथा विज्ञहरूले प्रशिक्षण गराउने छन्। यसमा विद्यार्थीसँगै विद्यालयबाहिरका अन्य इच्छुकले पनि सीप सिक्न पाउनेछन्। अंग्रेजी भाषा, कम्प्यूटर, डिजिटल मार्केटिङ लगायत विविध विषयमा तालिम दिइनेछ। साथै पछिल्लो समय युवाहरूको रोजाइमा रहेको स्टार्टअपबारे पनि सिकाउनेछ। जहाँ लगानीदेखी थुप्रै प्रक्रियाकाबारेमा तालिम दिइनेछ।

‘यसले युवालाई स्वरोजगार मात्र बनाउँदैन दक्ष जनशक्ति उत्पादन पनि हुनेछ,’ उनले थप भनिन्, ‘कार्यक्रम डेढ महिनासम्म चल्नेछ।’ फाउन्डेशनकि संस्थापक अधिकारीकाअनुसार आगामी दिनमा चन्द्रगिरी नगरका अन्य विद्यालयसँगै नागर्जुन नगरपालिकामा सहकार्य गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले फाउन्डेशनले सुरू गरेको प्रशिक्षण कार्यक्रम स्वागतयोग्य रहेको बताए। उनका अनुसार अहिले पनि नगरभित्रका विद्यालयहरूले मौलिक सीपहरू सिकाइरहेका छन्।

पढ्दै कमाउँदैको अवधारणाअन्तर्गत मुडा बुन्ने लगायत लगायत थुप्रै कार्यक्रम भइरहेको उनले बताए। यद्यपी फाउन्डेशनले सुरू गरेको प्रशिक्षण नयाँ भएको उनको भनाइ छ। अहिले नगरभित्रका विद्यालयहरूमा हामीले थुप्रै कार्यक्रमहरू गरिरहेका पनि छौं। विद्यार्थीसँग मेयर कार्यक्रम निरन्तर भइरहेको पनि छ,’ कार्यक्रममा बोल्दै मेयर गिरीले भने, ‘विद्यालयमा चाहिने भौतिक र शैक्षिक पूर्वाधारका लागि नगरले सकेको सहयोग गरिरहेको छ आगमाी दिनमा पनि गर्नेछ।’

पुरानो नैकापमा रहेको कंकाली माध्यमिक विद्यालयमा हाल नौ सय विद्यार्थी अध्ययन गर्छन् । विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद पनेरूका अनुसार विद्यालयमा ७४ वटा कक्षाकोठाहरू छन्। जहाँ प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत कम्युटर इन्जिनियरिङका कक्षा ९–१२ सञ्चालित छन्।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?