National life

आज पनि नेप्सेमा वृद्धि ,लगानीकर्ताको मनोवल बढ्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ जेठ २०८०, सोमबार
1.7kShares
आज पनि नेप्सेमा वृद्धि ,लगानीकर्ताको मनोवल बढ्दै
ncell

काठमाडौं । साताको दोस्रो कारोवारको दिन आज नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.१० अंकले बढेर एक हजार ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज आज एक अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज बैंकिङ उपसूचक ०.०२ प्रतिशतले घटेको छ। त्यस्तै व्यापार उपसूचक पनि ०.९९ प्रतिशतले घटेको छ अरु सबै उपसूचकमा वृद्धि हुँदा नेप्से बढेको हो। आज उत्पादनमूलक उपसूचक सर्वाधिक २.४४ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशतले वृद्धि भएको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२४२.२० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेड र गुडविल फाइनान्सको शेयरमूल्य पनि आज ६ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?