National life

आर्थिक मन्दीको प्रभाव : बोटलर्स नेपालको आम्दानी र नाफामा ठुलो गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ मंसिर २०८०, शुक्रबार
575Shares
आर्थिक मन्दीको प्रभाव : बोटलर्स नेपालको आम्दानी र नाफामा ठुलो गिरावट
ncell

काठमाडौँ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार यी दुबै कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य मात्रामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बोटलर्स नेपालले ९ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०१ प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको बिक्री आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १८.७२ प्रतिशत घटेर ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २१.१९ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ४.४३ प्रतिशत र सञ्चालन मुनाफा ५०.९५ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ५७३ रुपैयाँ १६ पैसा घटेर १९० रुपैयाँ ९६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२ गुणा रहेको छ। १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

यस्तै, बोटलर्स नेपाल (तराई)ले असोज मसान्तसम्ममा १३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १७.५१ प्रतिशत घटेर २ अर्ब ४६ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल नाफा १९.११ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ५६.४१ प्रतिशत र सञ्चालन मुनाफा ४४.२७ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ६०७ रुपैयाँ ४४ पैसा घटेर ४३९ रुपैयाँ ७९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २३५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९ गुणा रहेको छ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ सञ्चित छ।

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?