National life

आर्थिक मन्दी असर : नगद समस्या टार्न संस्थापक सेयर बिक्री गर्नेको लर्को

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
616Shares
आर्थिक मन्दी असर : नगद समस्या टार्न संस्थापक सेयर बिक्री गर्नेको लर्को
ncell

काठमाण्डौं। यति बेला आर्थिक मन्दीको प्रभाव जताततै परेको छ । त्यस मध्यमा विभिन्न कम्पनीका संस्थापक सेयर धनीहरूमा समेत परेको छ ।

आर्थिक मन्दीका कारण नगद अभावको समस्याबाट गुज्रिरहेका संस्थापक सेयर धनीहरूले अनपेक्षित रूपमा उत्पन्न आर्थिक समस्याबाट बच्नकालागि पछिल्लो समय विभिन्न कम्पनीका संस्थापक सेयर धमाधम बिक्री गर्न थालेका छन् ।

सोमबार समेत चार वटा कम्पनीका संस्थापक सेयर धनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने सूचना प्रकाशित भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दैनिक जसो संस्थापक सेयर धनीले आफ्नो स्वामित्वको सेयर बिक्रीको सूचना आइरहनु र यो क्रमले तीव्रता पाउनुलाई विश्लेषकहरूले आर्थिक मन्दीको समस्या टार्न यसो गरेको दाबी गरेका छन्।

सोमबार प्रकाशित सूचनाअनुसार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका केही संस्थापक सेयर धनीले ८७ हजार १४ कित्ता संस्थापक सेयर बिक्रीका लागि भन्दै कम्पनीमा निवेदन दिएका छन् । सोही आधारमा कम्पनीले हाल कायम कुनै संस्थापक सेयर धनीले सो सेयर खरिद गर्न इच्छा भए ३५ दिनभित्र रीतपूर्वक निवेदन दिन भनेको छ ।

यस्तै, मल्टीपर्पपस फाइनान्स लिमिटेडका संस्थापक सेयर धनी धिरेन्द्र ठाकुर र विजयकुमार ठाकुरले समेत आफ्नो नाममा रहेको सेयरमध्ये क्रमशः ३० हजार र २६ हजार संस्थापक सेयर बिक्रीको इच्छा देखाउँदै कम्पनीमा आवेदन दिएका छन् । हाल सो वित्तीय संस्थाका संस्थापक सेयर धनीहरूबाट आवेदन आह्वान गरिएको छ

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका दुई संस्थापक सेयर धनीले पनि ठुलो परिमाणमा संस्थापक सेयर बिक्री गर्न लागेका छन् । कम्पनीले जारी गरेको सूचना अनुसार गोविन्द शर्माले ३१ हजार २६६ कित्ता र सरस्वती जोशीले २९ हजार ३५१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

सो कम्पनीका हाल कायम संस्थापकहरूले शर्मा र जोशीले बिक्री गर्न लागेको संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यदि निश्चित समयभित्र वर्तमान संस्थापकहरूले माथि उल्लिखित कम्पनीका संस्थापक सेयर खरिद गरेनन् भने दोस्रो चरणमा इच्छुक सर्वसाधारणका लागि संस्थापक सेयर खरिदको आह्वान गर्ने गरिन्छ ।

आर्थिक मन्दीको प्रभावका कारण पछिल्लो समय दर्जन भन्दा बढी संस्था र व्यक्तिले ठुला परिमाणका शेयर बिक्री गरिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?