National life
cg eloctronics

अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
1.3kShares
अस्ट्रेलियाको मुद्रास्फीति तीन वर्षयताकै उच्च विन्दुमा
muktinatha bikash bank

काठमाडौं: अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अक्टोबरमा मुद्रास्फीति दर ४.९ प्रतिशत पुगेको छ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार अक्टोबरसम्मको १२ महिनामा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ४.९ प्रतिशतले बढेको हो। सेप्टेम्बरमा यो दर ४.३ प्रतिशत थियो। अक्टोबरमा देखिएको यो वृद्धि सन् २०२३ को अक्टोबरयताकै उच्च हो। यसअघि अर्थशास्त्रीहरूले मुद्रास्फीति दर ४.७ देखि ४.८ प्रतिशत रहने अनुमान गरेका थिए तर वास्तविक तथ्याङ्क त्योभन्दा बढी देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अस्ट्रेलियन रिजर्भ बैंक (आरबीए) ले मुद्रास्फीति मापनका लागि प्रयोग गर्ने वार्षिक ट्रिम्ड मीन सूचक पनि सेप्टेम्बरको ३.६ प्रतिशतबाट बढेर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ। डिसेम्बरको सुरुमा हुने आरबीएको सन् २०२६ को अन्तिम मौद्रिक नीति बैठकअघि यो तथ्याङ्क सार्वजनिक भएको हो। सो बैठकमा बैंकले ब्याजदर समायोजन गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

everest bank

केन्द्रीय बैंकले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतको लक्ष्य सीमाभित्र ल्याउन सन् २०२६ मा पाँच पटक ०.२५ प्रतिशत बिन्दुका दरले नगद ब्याजदर बढाइसकेको छ। हाल ब्याजदर १८ वर्षयताकै उच्च ४.८५ प्रतिशत रहेको छ।

एबीएसकी मूल्य तथ्याङ्क प्रमुख रेचल म्याकक्रिकका अनुसार अक्टोबरसम्मको एक वर्षमा आवास क्षेत्र मुद्रास्फीति वृद्धिमा सबैभन्दा ठूलो कारक बनेको छ। आवाससम्बन्धी मूल्य ६.४ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा ५.२ प्रतिशत थियो। त्यसैगरी, यातायात क्षेत्रमा वार्षिक रूपमा १०.६ प्रतिशत मूल्यवृद्धि भएको छ। म्याकक्रिकका अनुसार विश्व बजारमा तेलको मूल्य बढेका कारण इन्धनको मूल्यमा वृद्धि भएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?