National life

उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ देखि निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
1.2kShares
उन्नति सहकार्य लघुवित्तको एफपीओ कात्तिक २१ देखि निष्कासन गर्ने
ncell

काठमाडौं। उन्नति सहकार्य लघुवित्तले कात्तिक गतेदेखि थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्कासन गर्ने भएको छ । लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५।४५ प्रतिशत र सर्वसाधारणको २४।५५ प्रतिशत कायम भएको थियो । उक्त पुँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्था केयर नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जानाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ । केयर नेपालले २०८० असार ५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ४ गतेसम्म बाहल रहनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?