National life

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
420Shares
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम समय रहेको छ । कम्पनीले वैशाख ८ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गरेको थियो ।

साथै, कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। त्यसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गरिएको हो।

Royal Enfield
nic asia capital

यसमा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म माग गर्न सक्नेछन्। कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएको छ। कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
420SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?