National life

काठमाडौं आउन थाले ग्यासका बुलेट, भोलिदेखि आपूर्ति सहज हुने

पृथ्वी राजमार्ग खुलेसँगै काठमाडौं भित्रिन थाले १०५ भन्दा बढी ग्यास बुलेट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
400Shares
काठमाडौं आउन थाले ग्यासका बुलेट, भोलिदेखि आपूर्ति सहज हुने
ncell

काठमाडौं । अविरल वर्षाका कारण चार दिनदेखि रोकिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति पुनः सञ्चालनमा आउन थालेको छ । पृथ्वी राजमार्ग खुलेसँगै भारतबाट ग्यास बोकेर आएका बुलेटहरू काठमाडौं उपत्यकातर्फ अघि बढ्न थालेका छन् ।

असोज ८ गते रातिदेखि मौसम प्रतिकूल हुनुका साथै सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यास ल्याउने मुख्य मार्ग नै बन्द भएको थियो । त्यसका कारण उपत्यका र आसपासका क्षेत्रका लागि आउने ग्यासका बुलेटहरू बाटोमै रोकिएका थिए ।

Royal Enfield
nic asia capital

पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि रोकिएका बुलेटहरू गन्तव्यतर्फ अघि बढ्न थालेका हुन् । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सोमबार मात्रै १०५ भन्दा बढी ग्यास बुलेट काठमाडौंका लागि हिँडिसकेका छन् ।

उनका अनुसार साँझसम्म थप बुलेटहरू पनि काठमाडौं आउने क्रममा छन् । राजमार्ग खुलेपछि बाटोमा रोकिएका बाँकी ग्यास बुलेटसमेत क्रमशः उपत्यका भित्रिने निगमले जनाएको छ ।

भोलिदेखि रिफिलिङ तीव्र बनाइने

काठमाडौं भित्रिएका ग्यास बुलेटबाट भोलिदेखि बोटलिङ प्लान्टमा सिलिन्डर भर्ने काम तीव्र पारिने भएको छ ।

निगमका अनुसार बुलेटहरू नियमित रूपमा भित्रिन थालेपछि बोटलिङ प्लान्टमा ग्यास रिफिलिङ बढाइनेछ । त्यसपछि ग्यास सिलिन्डर बजार तथा उपभोक्तासम्म पुर्‍याउने प्रक्रिया पनि सहज हुनेछ ।

चार दिनसम्म मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति प्रभावित भएको थियो । अहिले पृथ्वी राजमार्ग खुलेर ग्यास बोकेका बुलेटहरू आउन थालेसँगै बजारमा देखिएको अभाव क्रमशः हट्दै जाने अपेक्षा गरिएको छ ।

निगमले रोकिएका सबै बुलेट काठमाडौं भित्रिएपछि आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?