National life

ब्याजदर घट्ने बैंकर्सको भनाईसँगै सेयर मार्केटमा उछाल,दुई अर्ब २० करोडको कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ जेठ २०८०, मङ्गलबार
767Shares
ब्याजदर घट्ने बैंकर्सको भनाईसँगै सेयर मार्केटमा उछाल,दुई अर्ब २० करोडको कारोवार
ncell

काठमाडौं । सेयर बजारमा आज ठुलो अंकको वृद्धि भएको छ ।बैंकर्स संघले सोमवार पत्रकार सम्मेलन गरेर ब्याजदर उल्लेख्य रुपमा घट्ने बताए पछी बताएपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको हो ।

नेप्से परिसूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा कायम भएको छ। नेप्सेमा आज सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमवार नेप्सेमा एक अर्ब २७ करोड ८७ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?