काठमाडौं । महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ बढीको एफपीओ निष्काशन गर्ने भएको हाे ।
कम्पनीले एफपीओ निष्काशन गर्न अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकाे छ ।
बोर्डले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ ल्याउनेछ ।
जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


































