National life

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
983Shares
माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
ncell

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह– २०२५ (World Investor Week 2025) को अवसरमा लगानीकर्ताहरूमाझ सचेतना अभिवृद्धि गर्नको लागि देशव्यापी रूपमा विभिन्न क्षेत्रहरूलाई समेटेर शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

लगानीकर्ता तथा जनमानसमा शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू गर्ने उद्देश्यअनुरूप मंसिर २५ गतेदेखि पौष २ गतेसम्म केही कार्यक्रम सम्पन्न भइसकेका छन् भने कम्पनीले केही कार्यक्रमहरूलाई सो मिति पछि समेत निरन्तरता दिने योजना बनाएको छ ।

यस अवसरमा, क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत मंसीर २९ गते Quest International College, ग्वार्कोमा एम.बि.ए.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संकायका विद्यार्थीहरू, पुस १ गते मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा–२, मकवानपुरमा अध्ययनरत बि.बि.ए. संकायका विद्यार्थीहरू, साथै पसु २ गते Regional Hotel Association तथा Restaurant and Bar Association, चितवन, सौराहाका सदस्यहरू तथा कर्मचारीहरूका साथै अर्जुनचौपारी गाउँपालिकामा, वालिङ, स्याङ्जामा कार्यरत कर्मचारीहरू तथा सो गाउँपालिकाका स्थानीय बासिन्दाहरूमाझ सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

यस्ता कार्यक्रमहरू मार्फत लगानीकर्ताहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ्रे क्यापिटलले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा गर्दै आएको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिस्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।








# माछापुच्छ्रे क्यापिटल लिमिटेड
यो समाचार शेयर गर्नुहोस्
983SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?