National life

स्वावलम्बन लघुवित्तले पुस २५ मा डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1KShares
स्वावलम्बन लघुवित्तले पुस २५ मा डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य एजेन्डा
ncell

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।

सभा पुस २५ गते शुक्रबार काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै,, आव २०८१-८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा आव २०८१-८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गरिनेछ । सभामा सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धमा जानकारी समेतख गराइनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?