National life

१ अर्बको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्ड ल्याउँदै सिटिजन्स क्यापिटल

कम्पनीले ‘सिटिजन्स सुपर ५०’ अन्तर्गत कुल १० करोड इकाई निष्कासन गर्नेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ असोज २०८३, बिहिबार
363Shares
१ अर्बको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्ड ल्याउँदै सिटिजन्स क्यापिटल
ncell

काठमाडौं । लगानीकर्ताका लागि नयाँ म्युचुअल फण्ड आउने भएको छ। सिटिजन्स क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्ड निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘सिटिजन्स सुपर ५०’ नामक म्युचुअल फण्डका इकाई सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गरेको हो।

सेबोनले असोज ७ गते सिटिजन्स क्यापिटललाई उक्त म्युचुअल फण्ड निष्कासनका लागि अनुमति दिएको हो।

Royal Enfield
nic asia capital
अनुमति पाएसँगै क्यापिटलले आवश्यक प्रक्रिया पूरा गरी फण्डका इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याउने तयारी गर्नेछ।

कम्पनीले ‘सिटिजन्स सुपर ५०’ अन्तर्गत कुल १० करोड इकाई निष्कासन गर्नेछ। प्रतिइकाई रु. १० अंकित मूल्य कायम गरी फण्डमार्फत कुल १ अर्ब रुपैयाँ बराबरको कोष संकलन गर्ने योजना रहेको छ।

सेबोनबाट स्वीकृति प्राप्त भएसँगै अब क्यापिटलले निष्कासनसम्बन्धी आवश्यक तयारी अघि बढाउनेछ। सार्वजनिक निष्कासनको मिति तथा आवेदनसम्बन्धी थप विवरण भने कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेपछि सार्वजनिक गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
363SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?