काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ८.३० अंकले घट्दै २६५३.४० बिन्दुमा झरेको हो।
आजको कारोबारमा ८५ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ पुगेको छ।
कारोबारमा आएका कम्पनीमध्ये १०३ वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। त्यस्तै, १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सानिगाढ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यसैगरी स्नो रिभर्स १४.९९ प्रतिशत, कांलगा हाइड्रो १४.९८ प्रतिशत, नेपाल फाइनान्स १४.९२ प्रतिशत र खानीखोला हाइड्रोपावर ११.६३ प्रतिशतले उकालो लागेको छ।
यस्तै बैंकिङ समूह सर्वाधिक अर्थातट ०.९६ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.३८ प्रतिशत, लगानी ०.६२, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.४४, म्युचुअल फण्ड ०.२०, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.१३ प्रतिशतले घट्यो ।

































